कारोबार


सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानी र व्यापार सहजीकरणबारे समझदारी

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानी र व्यापार सहजीकरणबारे समझदारी

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १४:५६, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इन्डियन चेम्बर अफ कमर्स एसआईसीसीआईबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआईबीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक स्रोतहरुमा लगानीका लागि समझदारी भएको हो।

सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए। 

अध्यक्ष अग्रवालले भने,  ‘नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्य स्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु।’ 

नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ  कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए। 

नेपालमा राजनीतिक स्थिरता, कानुनी पाटोमा सुधार हुँदै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उनले लगानीकर्ताहरुलाई अवगत गराएको नेपाल चेम्बरले जनाएको छ।  

पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गरेका थिए। 

नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारीमार्फत आर्थिक फाइदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए। नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad