कास्कीको पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको बसलाई टिपरले ठक्कर दिँदा तीन जना घाइते भएका छन्।
बिहीबार बिहान सवा ८ बजेतिर पोखरा महानगरपालिका- २५ बडहरेमा ग १ ख ७००२ नम्बरको बसलाई ग १ ख ९१४२ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरीले जानकराी दिएको छ।
बस रोकेर यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशा तर्फबाट आउँदै गरेको टिपरले पछाडीबाट बसलाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्।
बसमा चढ्दै गरेका म्याग्दी धौलागिरी गाउँपालिका- ५ का ४ वर्षीय हर्कलाल छन्त्याल, टिपर चालक सिन्धुपालचोक चौतारा साँगाचोकगढी नगरपालिका- ३ का ३१ वर्षीय मनोज कटुवाल र टिपरमा सवार नुवाकोट घर भएका २ वर्षका बुद्ध घले घाइते भएका प्रहरीले जनाएको छ।
उनीहरुको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बस चालक र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया