समाज


धौलागिरिमा ज्यान गुमाएका पाँच आरोहीमध्ये एउटाको शव काठमाडौँ आइपुग्यो

धौलागिरिमा ज्यान गुमाएका पाँच आरोहीमध्ये एउटाको शव काठमाडौँ आइपुग्यो

नेपालखबर
असोज ३०, २०८१ बुधबार १४:४, काठमाडौँ

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीमध्ये एकजनाको शव काठमाडौँ ल्याइएको छ। 

हिमालको खोँचमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीमध्ये एकजनाको शव बुधबार काठमाडौँ ल्याइएको र अन्य शव ल्याउने प्रयास भइरहेको पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीले जानकारी दिए। 

उनका अनुसार, अन्य ४ वटा शव पनि आधार शिविरसम्म ल्याइसकिएको छ। आधारशिविरसम्म ल्याइएका शवहरू पनि आजै काठमाडौँ ल्याउने तयारी भइरहेको रेग्मीले नेपालखबरलाई जानकारी दिए। 

हिजो (मंगलबार) मात्रै आईएम ट्रेकिङ एण्ड एक्सपिडिसनका प्रतिनिधिलाई बोलाएर शव संकलनका लागि महानिर्देशक रेग्मीले ताकेता गरेका थिए। 

बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको थियो। शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकप्टर जान सकेका थिएनन्।

धौलागिरिको खोँचबाट यसरी निकालियो रुसी आरोहीको शव, भिडिओमा हेर्नुहोस् :

आधार शिविरमा बास बसेर धौलागिरी आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो।

विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ।

पर्यटन विभागका अनुसार चालु शरद याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad