समाज


कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ

नेपालखबर
असोज २९, २०८१ मंगलबार १८:५८, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन्।

आफूलाई प्रहरीले काठमाडौंको बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ वृत लगेको सिवाकोटीले बताएका छन्।

लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिइरहेका रुबी खान, लक्ष्मण श्रेष्ठ, गीता चमार, ललिता थारु, बानी चमार र विजयबाबु शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

‘त्यहाँ धर्ना दिइरहेका रहेछन्। म पनि साँझतिर पुगेको थिएँ। उनीहरुलाई पक्राउ गर्दा प्रहरीले मलाई पनि भ्यानमा हालेर मालीगाउँ वृतमा ल्याएको छ’ सिवाकोटीले नेपालखबरसँग भने।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले यसबारे आफूलाई पनि जानकारी आएको र के भएको रहेछ भनेर बुझिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad