झापामा आफ्नै श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बीर बहादुर चौहान पक्राउ परेका छन्।
बीरबहादुर मुनाका श्रीमान् हुन्। बिर बहादुरले अर्जुनधारा नगरपालिका ३ दार्जिलङ डाँडामा धारिलो हतियार प्रहार गरी मुनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिसकेको छ।
60
Shares

प्रतिक्रिया