समाज


खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते

खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते

नेपालखबर
असोज २९, २०८१ मंगलबार १४:८, काठमाडौँ

खोटाङमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

मंगलबार बिहान ९ बजेतिर रावाबेसी गाउँपालिका १ कुभिण्डेमा च १ ज ५५८ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टले जानकारी दिए। 

बोलेरोमा ८ जना सवार रहेकोमा २ जना सकुशल छन्। ६ जना घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ। 

नुनथला–ऐसेलुखर्क सडकखण्डमा डुम्रेधारापानीबाट सदरमुकाम दिक्तेल आउँदै गरेको बोलेरो सडकमै पल्टिएको डीएसपी बिष्टले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad