समाज


मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु

मकवानपुरको चिरुवा खोलामा १३ वर्षीया बालिकाको डुबेर मृत्यु

नेपालखबर
असोज २९, २०८१ मंगलबार १२:६, काठमाडौँ

मकवानपुरमा १३ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। 

ललितपुर घर भई बागमती गाउँपालिका-१ हात्तीढुंगामा मामा घरमा बस्दै आएकी १३ वर्षीया रुबिना तामाङको सोमबार बेलुका मृत्यु भएको हो।

उनीसहित ३ जना घर भन्दा एक किलोमिटर दक्षिणतर्फ रहेको चिरुवा खोलामा नुहाउने कम्रमा रुबिना तामाङ डुबेकी थिइन्। उनकी बहिनी यलिना तामाङले घर गएर हजुरबुवालाई जानकारी गराएपछि हजुरबुवा र छिमेकीहरू तत्काल गई खोलाबाट निकालेका थिए। 

तत्काल उपचारको लागि झुरझुरे स्थित सान्भि मेडिकलमा लगेकोमा चिकित्सकले मृत्यु भएको पुष्टि गरेका थिए।

शव राति पौने २ बजे मुचुल्का उठाएपश्चात हेटौंडा अस्पतालमा लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad