समाज


बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम १५ भन्दा मुनि झर्‍यो

बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम १५ भन्दा मुनि झर्‍यो

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
असोज २७, २०८१ आइतबार १८:५५, काठमाडौँ

देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ। 

काठमाडौँ उपत्यकाको कुरा गर्नुपर्दा आज (आइतबार) न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, हिजो शनिबार १६.५ डिग्री सेल्सियस थियो। 

यस्तै शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको छ। 

समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ। 

नेपालबाट मनसुन हिजो असोज २६ गते (अक्टोबर १२ तारिख) पूर्ण रूपमा बाहिरिएको हो।

मनसुन बिदा भएसँगै पोस्ट मनसुन सिजन सुरु भएको मौसमविद्ले बताएका छन्। मनसुन बिदा भइसकेको र विन्टर आउनुअघिसम्मको अवधिलाई पोस्ट मनसुन भनिन्छ।

यो सिजन नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्ने मौसमविद् बताउँछन्। यसैले अब मौसम बिस्तारै चिसोतर्फ ढल्किएको हो। 

हेर्नुहोस् आजको तापक्रम विवरण-

 

-मौसम पूर्वानुमान महाशाखाबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad