समाज


प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट दसैँको टीका

प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट दसैँको टीका

नेपालखबर
असोज २६, २०८१ शनिबार १२:५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाएका छन्।

प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हाटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दसैँको टीका ग्रहण गरेका हुन्।

शनिबार बिहान ११ बजेर ३६ मिनेट जाँदाको शुभ साइतमा ओलीले दसैँको टीका र जमरा ग्रहण गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले श्रीमति राधिका शाक्य तथा अन्य परिवाजनलाई पनि टीका लगाइदिएका छन्। यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई भने टीका नलगाइदिने भएका छन्।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै प्रधानमन्त्रीले ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad