समाज


संरक्षण सुरु भएपछि फेरि देखिन थाले चर्खे पिङ

संरक्षण सुरु भएपछि फेरि देखिन थाले चर्खे पिङ

नेपालखबर
असोज २६, २०८१ शनिबार ९:४२, बागलुङ

बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दसैँमा चर्खेपिङ हालिएको छ। खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै फर्निचर उद्योगमा तयार पारी चर्खेपिङ हालेका हुन्।

पन्ध्र वर्ष अघिसम्म दसैँमा सिगानामा मात्रै तीनदेखि चार वटा चर्खेपिङ हाल्ने चलन थियो। चर्खेपिङप्रति त्यो समयमा आकर्षण पनि उत्तिकै थियो। तर त्यसयता भने चर्खेपिङ हाल्ने चलन हराउँदै गएको थियो। तर यसपटक भने जिसीको सक्रियतामा चर्खेपिङ फर्किएको छ। लिङ्गे पिङ हाल्दै आएकोमा यसपटकदेखि चर्खेपिङ संरक्षण गर्न र  पछिल्लो पुस्तालाई पिङको महत्व बुझाउन पनि चर्खेपिङ हालिएको जिसीले बताए। 

रु तीस हजार लागतमा चर्खे पिङ तयार भएको उताए। पछिल्लो समयदेखिनै छाडेको चर्खेपिङ संरक्षण गताए। आफ्नो न्यू सृजना फर्निचर उद्योगको तर्फबाट गाउँमा पिङ हालेको जानकारी दिए। 

‘एक दशक यता बागलुङसहित धेरै स्थानमा यो चर्खेपिङ हराइसक्यो, सयममै यसको संरक्षण सुरु नगर्ने हो भने नयाँ पुस्ताका लागि यो दन्त्य कथा बन्नसक्छ, बाह्रा वर्षका बालबालिकाले सिगानामा पहिलोपटक चर्खेपिङ खेल्न पाएको प्रतिकृया आएको छ’, जिसीले भने, ‘कम्तीमा एक वडा एक चर्खेपिङ, एक टोल एक लिङ्गे पिङ हाल्ने अभियान चलाउन आवश्यक छ, पछिल्लो समय संरक्षणका लागि भएपनि मालिका, सिगाना, रेशलगायतका ठाउँमा चर्खेपिङ देख्न पाइएको छ।’ 

यस्तै काठेखोला गाउँपालिका–७ रेश पिडाल्लामा यसपटक चर्खेपिङ हालिएको छ। त्यहाँका युवाहरुले पछिल्लो पुस्तामा हराउदै गएको चर्खेपिङ हालेका हुन्।  बागलुङ नगरपालिका–५ स्थित साझखोलामा सामुदायिक वन र स्थानीयको सक्रियतामा चर्खेपिङ तीन वर्ष यता हालिँदै आइएको छ।

चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिन्छ। यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो।

चर्खेपिङ संरक्षण जरुरी भइसकेको साझखोलाका स्थानीय जुना न्यूरेले बताउनुभयो। एघार वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि  चर्खेपिङ हालिएको न्यूरेको भनाइ छ।

दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताका आधारमा दसैँतिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad