समाज


नृत्य निर्देशक गोदारले ६०० सैनिकलाई थाली नृत्य नचाएर बनाए वर्ल्ड रेकर्ड

नृत्य निर्देशक गोदारले ६०० सैनिकलाई थाली नृत्य नचाएर बनाए वर्ल्ड रेकर्ड

नेपालखबर
असोज २५, २०८१ शुक्रबार १७:०, काठमाडौँ

नृत्य निर्देशक एवम् प्राज्ञ महेश गोदार (महेश्वर सुनार) लाई वर्ल्ड बुक अफ रेकर्ड लन्डन, बेलायतले वर्ल्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ।

उनले एकसाथ ६०० जना सैनिकलाई थाली नृत्यमा प्रस्तुत गरेको भन्दै वर्ल्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरिएको हो।
काठमाडौंमा एक समारोहबीच हिजो नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले वर्ल्ड बुक अफ रेकर्ड लन्डन, बेलायतको प्रतिनिधिको उपस्थितिमा महेशलाई यो प्रमाणपत्र प्रदान गरेका हुन्।

भ्याली पृतनापति सागरबहादुर थापाको विशेष सहयोग र नेपाली सेनाको विशेष पहलमा यो रेकर्ड प्राप्त भएको प्राज्ञ महेशले बताएका छन्।

उनले गत शिवरात्रीमा ६०० जना नेपाली सैनिकलाई काठमाडौंको टुँडिखेलमा एउटा गीतमा थाली नृत्य प्रस्तुत गराएका थिए। करिब दुई महिनाको निरन्तर अभ्यासपछि ६०० जना सैनिकले महेश गोदारको नृत्य निर्देशनमा थाली नृत्य प्रस्तुत गरेका हुन्।

यही नृत्यका लागि यतिबेला महेशलाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनले वर्ल्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले बिगत तीन दशकदेखि थाली नाच नाच्दै आएका छन्।

नेपाल टेलिभिजनबाट प्रशारण भएको छमछमी नृत्य रियालिटी शोका पहिलो देखि चौथो श्रृंखलासम्म निर्णायक रहेका उनी लामो समयदेखि नृत्य निर्देशनमा सक्रिय छन्।

नृत्य निर्देशक महेश गोदारले यो वर्ल्ड बुक अफ रेकर्ड लन्डनको वर्ल्ड रेकर्डले नृत्य निर्देशनमा अझ नयाँ काम गर्न थप उर्जा मिलेको बताएका छन्। यो भन्दा अझ धेरै संख्यामा नचाएर नयाँ रेकर्ड बनाउने चाहना पनि उनले व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad