समाज


भारतद्वारा बाढी र पहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण

भारतद्वारा बाढी र पहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण

नेपालखबर
असोज २३, २०८१ बुधबार १७:५९, काठमाडौँ

हालै आएको बाढी, पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले राहत सामग्री हस्तान्तरण गरेको छ।

बुधबार नेपालगञ्ज आइपुगेको राहत सामग्रीको दोस्रो खेप भारत सरकारका दित्तिय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई हस्तान्तरण गरे।

भारतबाट अत्यावश्यक सरसफाई सामाग्री, औषधि, लामखुट्टेको जाली, लाइफ ज्याकेट, सुत्ने म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर डुङ्गा र मोटर सहितको २१.५ टन मानवीय सहायताको खेप आज नेपालगञ्ज ल्याइएको हो। राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ।

भर्खरै आएको बाढी र पहिरोबाट परेको विनाश पछि सबै प्रकारको सहयोग प्रदान गर्न भारत सरकार प्रतिबद्ध रहेको नेपालस्थित दूतावासले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad