उदयपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ।
उदयपुरको ताप्ली गाउँपालिका-४ थाना गाउँ घर भई त्रियुगा नगरपालिका-६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङ आफ्नै पत्नीको हत्या आरोपमा पक्राउ परेका छन्।
आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जंगबहादुरले विवादका क्रममा खुकुरी प्रहार गरी प्रमिलाको हत्या गरेका हुन्।
घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
84
Shares

प्रतिक्रिया