समाज


चितवनमा २ मोटरसाइकल र एउटा स्कुटर आपसमा ठोकिँदा १ जनाको मृत्यु, ५ घाइते

चितवनमा २ मोटरसाइकल र एउटा स्कुटर आपसमा ठोकिँदा १ जनाको मृत्यु, ५ घाइते

नेपालखबर
असोज २१, २०८१ सोमबार १३:२०, चितवन

चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज बिहान एउटा मोटरसाइल अनियन्त्रित भई अर्को एउटा मोटरसाइकल र एक स्कुटरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना  घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालकाअनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जंगलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्य दुई सवारीमा ठोक्किएको हो। 

सो मोटरसाइकलले बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा चालक र पछाडी बस्ने गरी छ जना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर अवस्थाका स्कुटर चालक स्याङ्जाको आदिखोला गाउपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्कुटरको पछाडी सवार स्याङ्जाको फेदीखोला गाउपालिका–२ बस्ने १७ वर्षीय रश्मी शर्माको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ।
 
त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था खतरामुक्त छ। 

ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडी बस्ने गैडाकोट नगरपालिका–८ नवलराससी (वर्दघाट सुस्ता पूर्व) की बिविका सापकोटाको अवस्था सामान्य छ।

उनीहरुको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad