ad ad

समाज


झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १७:३७, काठमाडौँ

झापामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका–११ शिवचोकस्थित सडकमा शिवगंजबाट दुधेतर्फ जाँदै गरेको प्र १–०३–००१ प ४१५९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७१ वर्षीया बिष्णुमाया बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। 

हिजो (बिहीबार( बेलुकी मोटरसाइकलले ठक्कर दिँदा विष्ट गम्भीर घाइते भएक थिए। 

लगत्तै उनलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा चिकित्सकले शुक्रबार बिहान विष्टको मृत घोषणा गरेका हुन्। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .