ad ad

समाज


बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा डेढ वर्षीय बालकको मृत्यु

बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा डेढ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८१ शुक्रबार १७:३३, काठमाडौँ

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ मा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

वडा नम्बर एकमा पर्ने छहारीचोकस्थित सडकमा कोइलापानीबाट फलफुलचोकतर्फ जाँदै गरेको ना १ क ५८१७ नम्बरको गण्डकी बोर्डिङ स्कुलको बसको ठक्करबाट ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सोही ठाउँमा बस्ने यम पौडेलको छोरा डेढ वर्षको सम्राट पौडेलको शुक्रबार बिहान मृत्यु हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको नवलपुर अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .