ad ad

समाज


आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १७:१९, काठमाडौँ

आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा दार्चुला स्थायी घर भएका २७ वर्षीय हरक सिंह धामी र धादिङ ज्वालामुखी गाउँपालिका–४ स्थायीघ घर भएका ३३ वर्षीय हरि रम्तेल रहेको प्रहरीले जनाएको छ।

दुबई लगायतका देशहरूमा पठाइदिने भन्दै ठगी गर्ने गरेको अभियोगमा शुक्रबार उनीहृ पक्राउ परेको प्रहरीले जनाएको छ। 

पक्राउ परेकामध्ये सिंहले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र हरिले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिंहलाई काठमाडौँका कीर्तिपुर नगरपालिका–२ नयाँबजारबाट र हरिलाई
काठमाडौं टेकुबाट पक्राउ गरेको जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .