ad ad

समाज


कपिलवस्तुमा पिकअप भ्यानबाट खसेर एकजनाको मृत्यु

कपिलवस्तुमा पिकअप भ्यानबाट खसेर एकजनाको मृत्यु

नेपालखबर
असोज १८, २०८१ शुक्रबार १७:२९, काठमाडौँ

कपिलवस्तुको वाणगंगा नगरपालिका–६ मा बोलेर पिकअपबाट खसेर एक जनाको मृत्यु भएको छ। 

मनहरापुरस्थित सडकमा लक्ष्मणघाटबाट सिमलखोरतर्फ जाँदै गरेको लु १ च ६०१९ नम्बरको बोलेरो पिकअपबाट खसेर सवार सोही नगरपालिका–५ सिमलखोर बस्ने ४५ वर्षीय बाबुराम थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो उक्त पिकअपबाट खसेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .