ad ad

समाज


चितवनमा हात्तीको आक्रमणबाट माउतेकै मृत्यु, अर्काले भागेर ज्यान जोगाए

चितवनमा हात्तीको आक्रमणबाट माउतेकै मृत्यु, अर्काले भागेर ज्यान जोगाए

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८१ शुक्रबार ८:१८, काठमाडौँ

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीकाे आक्रमणबाट एकजना माउतेको मृत्यु भएको छ। 

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो।

‘खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदोरहेछ। सिमलको रुखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो’, निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने। 

जग्दुका साथमा रहेका एक जनाले भने भागेर ज्यान जोगाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .