समाज


९ देश आवतजावतमा साउदीले लगायो रोक, नेपाली प्रभावित

९ देश आवतजावतमा साउदीले लगायो रोक, नेपाली प्रभावित

नेपालखबर
फागुन २६, २०७६ सोमबार ६:२४,

साउदी अरेबियाले विभिन्न ९ देशसँगको आवातजावतमा प्रतिबन्ध लगाएपछि त्यहाँ जाने नेपाली प्रभावित हुने भएका छन्।

प्रतिबन्ध नलगाएका देशहरुबाट साउदी प्रवेश गर्ने विदेशी नागरिकका लागि तीन वटा विमानस्थल मात्रै प्रयोग गर्न दिने निर्णय गरेको हो।

युएई, बहराइन र कुवेत हुँदै साउदी जाने यात्रुले भने तीन वटा विमानस्थल मात्रै प्रयोग गर्न पाउने छन्। उनीहरुलाई किङ खालिन इन्टरनेसनल एयरपोर्ट, किङ अब्दुलाजिज इन्टरनेसनल एयरपोर्ट र किङ फहाद इन्टरनेसनल एयरपोर्ट मात्रै प्रयोग गर्न दिने निर्णय गरेको हो।

त्यस्तै इजिप्ट हुँदै त्यहाँ जाने यात्रुले स्वास्थ्य परीक्षणको प्रमाण पत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था साउदीले गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदीले सोमबारबाट लागु हुने गरी ९ वटा देशसँग आवागमनमा रोक लगाएको हो।

प्रतिबन्ध लगाइएका देशमा युएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेवनान, इटाली, दक्षिण कोरिया र सिरिया रहेका छन्।

आइतबार नै साउदीले त्यहाँका विद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको थियो। शिक्षामन्त्री हमाद अल शेखले कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर अरु निर्णय गर्दै जाने बताए।

कतारले भने नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ। कतारले सबै खालका भिसामा जाने यात्रुलाई प्रतिबन्ध लगाएको हो। भिजिट भिसामा जाने र वर्किङ भिसामा जाने श्रमिक सोमबारदेखि नै रोकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad