ad ad

समाज


२ मोटरसाइकल ठोक्किँदा १ चालकको मृत्यु, अर्का चालक फरार

२ मोटरसाइकल ठोक्किँदा १ चालकको मृत्यु, अर्का चालक फरार

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८१ मंगलबार १३:४४, काठमाडौँ

महोत्तरीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बर्दिबास जलेश्वर सडक खण्डमा पर्ने रामगोपालपुर नगरपालिका-५ मा औरहीबाट रामगोपालपुरतर्फ आउँदै गरेको प्र.२-०२-००४ प ८२४६ नम्बरको मोटरसाइकल र लु.प्र ०१००१ प २७३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

सोमबार साँझ साँझ भएको यो दुर्घटनामा प्र.२-०२-००४ प ८२४६ नम्बरको मोटरसाइकल चालक महोत्तरीको बलवा नगरपालिका-७ बनौटा
घर भएका ३५ वर्षीय राजिव झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जनाको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको छ।

दुर्घटनापछि लु.प्र ०१-००१ प २७३१ मोटरसाइकल चालक भने फरार भएका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .