सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित दुम्जामा रहेको कुशेश्वर महादेव गुरूकुलमा फसेका ३३ जनाको सकुशल उद्धार भएको छ।
शुक्रबार दिउँसोदेखि आएको बाढीका कारण रोशी र सुनकोशी नदीको बीचमा फसेका उनीहरूको शनिबार साँझ उद्धार भएको हो।
गुरूकुलमा अध्ययनरत विद्यार्थी र शिक्षक गरी ३३ जनाको हेलिकप्टरबाट उद्धार गरिएको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए।
शनिबार बिहान हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएपनि सफल भएको थियो। साँझ मौसम खुलेपछि हेलिकप्टर लगेर सकशुल उद्धार गरिएको एसपी काफ्लेले नेपालखबरलाई जानकारी दिए।
उक्त मन्दिर रहेको ठाउँ टापुजस्तै स्थान रहेको र दुईतर्फबाटै खोला बगिरहेको प्रहरीले बताएको छ।
गुरूकुल नजिक रहेको एउटा पक्की घर र ३ वटा टहरा शुक्रबार नै बगाएको थियो।
705
Shares

प्रतिक्रिया