ad ad

समाज


सिन्धुलीको गुरूकुलमा फसेका शिक्षक र विद्यार्थीको हेलिकप्टरबाट पनि हुन सकेन उद्धार

सिन्धुलीको गुरूकुलमा फसेका शिक्षक र विद्यार्थीको हेलिकप्टरबाट पनि हुन सकेन उद्धार

नेपालखबर
असोज १२, २०८१ शनिबार १७:३३, काठमाडौँ

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित दुम्जामा रहेको कुशेश्वर महादेव गुरूकुलमा फसेका ३१ जनाको अझै उद्धार हुन सकेको छैन। शुक्रबार दिउँसोदेखि आएको बाढीका कारण रोशी र सुनकोशी नदीको बीचमा फसेका उनीहरूको २४ घण्टासम्म पनि उद्धार हुन नसकेको हो। 

गुरूकुलमा अध्ययनरत २८ जना विद्यार्थी र ३ जना शिक्षक गरी ३१ जना दुई नदी बीचको मन्दिरमा फसेका छन्।

उनीहरूलाई शनिबार बिहान हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएपनि सफल नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए। 

‘हामीले बिहान हेलिकप्टरबाट उद्धारको प्रयास गरेका थियौँ, ल्याण्ड हुन नसकेपछि प्रयास विफल भयो,’ काफ्लेले नेपालखबरसँग भने, ‘उहाँहरू सबै सकुशल नै हुनुहुन्छ।’

उक्त मन्दिर रहेको ठाउँ टापुजस्तै स्थान रहेको र दुईतर्फबाटै खोला बगिरहेको प्रहरीले बताएको छ।

गुरूकुल नजिक रहेको एउटा पक्की घर र ३ वटा टहरा शुक्रबार नै बगाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .