ad ad

समाज


सुरक्षा अध्ययन केन्द्रलाई थिंकट्यांकका रूपमा विकास गर्न जोड

सुरक्षा अध्ययन केन्द्रलाई थिंकट्यांकका रूपमा विकास गर्न जोड

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १९:११, काठमाडौँ

सुरक्षा र न्याय अध्ययन केन्द्रलाई थिंकट्यांकका रूपमा विकास गर्नुपर्ने यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले बताएका छन्।

केन्द्रको शुक्रबार काठमाडौँमा सम्पन्न १६ औँ साधारण सभामा पूर्वकानुन मन्त्री तथा पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरी माहानिरीक्षक राजु अर्याल, निमित्त प्रहरी महानिरीक्षक प्रहरी टेकप्रसाद राई, प्रहरी महानिरीक्षक मञ्चका संयोजक मोतीलाल बोहरा, प्राध्यापक सुवास केसीलगायतले यस्तो धारणा राखेका हुन्।

देशमा अध्ययन, अनुसन्धान र शोधकार्यका क्षेत्रमा केन्द्रित गर्दै थिंकट्यांकको रूपमा विकास गर्नुपर्ने र त्यसलाई राज्य, सुरक्षा निकाय एवं समाजले उपयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो। यसका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरे।

संस्थाका अध्यक्ष एवं नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले केन्द्रले आगामी दिनमा आन्तरिक सुरक्षा, नागरिक सुरक्षा, विपद व्यवस्थापन, जलवायु परिवर्तन, लागु औषध समस्या, सडक सुरक्षा, सीमा सुरक्षालगायत क्षेत्रमा अध्ययन, अन्वेषण, सत्य निरुपण र मेलमिलाप प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .