ad ad

समाज


कोरोना संक्रमितको संख्या लाख नाघ्यो, साढे ५५ हजार बिरामी निको भए

कोरोना संक्रमितको संख्या लाख नाघ्यो, साढे ५५ हजार बिरामी निको भए

नेपालखबर
फागुन २४, २०७६ शनिबार ४:५९,

विश्वभरमा कोरोना भाइरस (कोभिड-१९०) बाट संक्रमित हुनेको संख्या लाख नाघेको छ। चीनमा साढे ५५ हजार संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहानसम्म उक्त भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २ हजार २ सय २४ पुगेको हो।

चीन (उहान सहर)बाट सुरु भएको यो संक्रमण अहिले संसारका ९७ देशमा फैलिसकेको छ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या संख्या ३ हजार ४ सय ९५ पुगेको छ।

तीमध्ये चीनका मात्रै ३ हजार ७० जना रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

उसका अनुसार शनिबार बिहानसम्म चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ६ सय ५१ पुगेको छ।

तीमध्ये ५५ हजार ४ सय ४ जना बिरामी उपचारपछि स्वस्थ भएका छन्। यस्तै ५ हजार ४ सय ८९ बिरामी भने गम्भीर अवस्थामा छन्।

चीनमा पछिल्लो समय कोभिड-१९ को संक्रमण घटिरहेको छ।

स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार शुक्रबार चीनमा थप ९९ जनामा संक्रमण देखिएको छ । त्यस्तै शुक्रबार २८ जनाको मृत्यु भएको छ ।

चीनमा संक्रमणको दर घट्दै गए पनि इटाली, इरान र दक्षिण कोरियामा भने तीव्र रुपमा बढिरहेको छ ।चीनबाहिर सबैभन्दा बढी इटालीमा १९७ जनाको मृत्यु भएको छ।

शनिबार बिहानसम्म इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा १२४ जनाको मृत्यु र ४ हजार ७ सय ४७ मा संक्रमण देखिएको छ ।

चीनपछि सबैभन्दा बढी व्यक्तिमा संक्रमणचाहिँ दक्षिण कोरियामा देखिएको छ। शनिबार बिहानसम्म दक्षिण कोरियामा ६ हजार ७ सय ६७ जनामा संक्रमण देखिएको छ भने ४४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पनि काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। तीमध्ये १४ जनाको मृत्यु वासिङ्टन र १ जनाको क्यालिफोर्निया राज्यमा भएको हो।

अमेरिकामा संक्रमितको संख्या ३ सय २१ पुगेको छ। त्यस्तै जापानमा १२ जनाको मृत्यु र १ हजार एक सय १६ जनामा संक्रमण देखिएको छ ।

कोभिड-१९ को संक्रमणबाट स्पेनमा ८, इराकमा ४, हङकङ र बेलायतमा २/२ तथा थाइल्यान्ड, ताइवान, नेदरल्यान्ड्स, सान मारिनो, फिलिपिन्स र स्विजरल्यान्डमा १/१ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .