ad ad

समाज


दाङमा घर बनाउने क्रममा करेन्ट लाग्दा मृत्यु

दाङमा घर बनाउने क्रममा करेन्ट लाग्दा मृत्यु

नेपालखबर
असोज २, २०८१ बुधबार ६:४५, दाङ

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

लमही नगरपालिका- ९ अमिलिया निवासी अन्दाजी ५० वर्षीय सुवास बुढामगरको मंगलबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

घर बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका बुढामगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं  प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।  

बुढामगरको शव अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .