ad ad

समाज


भोटेकोसीमा खस्यो गाडी, क्रेन लगाएर खोजी हुँदै

भोटेकोसीमा खस्यो गाडी, क्रेन लगाएर खोजी हुँदै

भोटेकशी नदी (फाइल तस्बिर)


नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १७:४६, काठमाडौँ

भोटेकोसी नदीमा बस खसेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा गाडी खसेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, अहिले क्रेनको सहयोगबाट नदीमा खसेको गाडी खोज्ने काम भइरहेको छ। 

नदीको बहाव ठूलो भएकाले खोजीमा कठिनाइ भएको उनले बताए।

‘नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ,’ एसपी खड्काले नेपालखबरसँग भने, ‘गाडी कुन भन्ने थाहा भएको छैन।’

मोटरसाइकल चालकले प्रहरीलाई गाडी खसेको खबर गरेका थिए। निजी नम्बर प्लेटको सानो गाडी भएको प्रहरीको अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .