ad ad

समाज


‘खोला मापदण्ड पीडित संघर्ष समिति’द्वारा आन्दोलन घोषणा

‘खोला मापदण्ड पीडित संघर्ष समिति’द्वारा आन्दोलन घोषणा

नेपालखबर
भदौ २७, २०८१ बिहिबार २१:३२, काठमाडौँ

उपत्यकाका खोला तथा नदीछेउमा संरचना निर्माण गर्न नयाँ मापदण्ड तोकिएपछि आन्दोलनरत ‘गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति’ले थप आन्दोलनको घोषणा गरेको छ।

उक्त संघर्ष समितिलाई सहकारी पीडितसहित विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने जनाएका छन्।

बिहीबार बसेको नौ वटा संगठनहरूको बैठकले संयुक्त मोर्चा निर्माण गरि भदौ ३१ देखि असोज ३ गतेसम्मको कार्यक्रम घोषणा गरेको हो।

बिहीबार जारी विज्ञप्ति अनुसार भदौ ३१ गते कुपोन्डोल पुलनेर खोला छेउमा आमसभा र असोज ३ गते माइतीघर मण्डलामा जनप्रदर्शन गर्ने उल्लेख छ।

बैठकमा गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, राष्ट्रिय मुक्ति क्रान्ति, पहिचानवादी मोर्चा, उपत्यकाब्यापी सडक बिस्तार पीडित संघर्ष समिति, दलितको लागि दलित अभियान, भ्रष्टाचार विरोधी अभियान, यलः नेवा समाज, सेभ नेपा भ्याली र सहकारी पीडित संघर्ष समितिका प्रतिनिधि सहभागी थिए।

बैठकमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोसमेत उपस्थित थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .