यसबीचमा चिनियाँ हजामहरुले कोरोनाबाट बच्न कपाल काट्ने नयाँ शैली अपनाएका छन्।
हजामहरुले आफ्ना ग्राहकको सेवाका लागि पसल बन्द गरेका छैनन्। उनीहरले टाढैबाट कपाल काट्ने उपाय अपनाएका छन्।
चिनियाँ संचारमाध्यमहरुका अनुसार हजामहरुले चार फिट टाढैबाट कपाल काटेर ग्राहकको सेवा गर्न थालेका छन्।
टाढैबाट कपाल काटेको भिडियोहरु सार्वजनिक भएका छन्।
हेनान प्रान्तका हजाम वु जुनलङका अनुसार नयाँ शैलीले कपाल काट्दा हातले जति राम्रोसँग कपाल काट्न पाइँदैन् तर यसरी कपाल काट्दा पनि ग्राहकहरु सन्तुष्ट भएका छन्। एजेन्सी
(भिडियो)
प्रतिक्रिया