ad ad

समाज


तनहुँमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, अर्को बस पुलबाट खस्दा ११ घाइते

तनहुँमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, अर्को बस पुलबाट खस्दा ११ घाइते

नेपालखबर
भदौ २६, २०८१ बुधबार १९:४०, तनहुँ

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आश्विन सुनारको मृत्यु भएको हो।

दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले राससलाई जानकारी दिए।

प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ। यसैगरी बसको पछाडिपट्टि बी ४६५० नम्बरको कार ठोक्किएको थियो।

पुलबाट बस खस्दा ११ घाइते
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय अगाडिको पुलबाट आज बस खस्दा ११ जना घाइते भएका छन्।

मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन्। वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो।

घाइतेहरू सबैलाई आँबुखैरेनी अस्पताल पुर्‍याइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

उनले भने, ‘त्यस ठाउँमा नयाँ र पुरानो दुईवटा पुल छन्। बीचमा ग्याप छ। बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .