ad ad

समाज


ममता हत्या प्रकरण: ग्रान्ड जुरी रद्द गर्न पति नरेशका पक्षबाट दर्ता मोसन अदालतबाट स्वीकृत

ममता हत्या प्रकरण: ग्रान्ड जुरी रद्द गर्न पति नरेशका पक्षबाट दर्ता मोसन अदालतबाट स्वीकृत

फाइल तस्बिर: ममता काफ्लेका दम्पती


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १४:१८, काठमाडौँ

अमेरिकाको भर्जिनियामा एक महिनादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका पति नरेश भट्टका पक्षबाट ग्रान्ड जुरी रद्द गर्न माग गरी दायर गरिएको मोसन न्यायाधीशले स्वीकृत गरेका छन्। 

स्थानीय सञ्चारमाध्यमका अनुसार हिजो बिहीबार भएको सुनुवाइका क्रममा ग्रान्ड जुरी रद्द गराउन दायर मोसन अदालतबाट स्वीकृत भएको हो। योसँगै अब यो मुद्दामा ग्रान्ड जुरी राखिने छैन। 

यसअघि अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न नरेश पक्षबाट दायर गरिएको मोसन गत अगस्ट २९ मा अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको थियो।

तर ग्रान्ड जुरी रद्द गर्ने मोसन स्वीकृत भएकाले मुद्दा अझ छिटो प्रक्रियामा जानेछ। अब अर्को सुनुवाइ यही सेप्टेम्बर १६ का लागि तोकिएको छ।

बिहीबार सुनुवाइमा नरेशलाई पनि अदालत उपस्थित गराइएको थियो। 

यसअघि गत अगस्ट २९ मा पनि नरेशलाई अदालत लगिएको थियो।

त्यस दिन नरेश पक्षले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्द गर्न प्रस्ताव गरेको थियो। यसलाई अदालतले स्वीकार गरेपछि मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा प्रवेश गरेको थियो। तर यो पनि बिहीबार रद्द गरिएको हो।  

अमेरिकाको भर्जिनियाअन्तर्गत मनासस पार्कस्थित घरबाटै जुलाई ३१ देखि बेपत्ता ममता काफ्ले अझै भेटिएकी छैनन्। उनलाई मारिसकिएको निष्कर्षमा पुगेको प्रहरीले उनको शव खोजी जारी राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .