ad ad

कारोबार


टिकटकको प्रतिबन्ध हटाउन सञ्चार मन्त्रालयले प्राधिकरणलाई पठायो पत्र

टिकटकको प्रतिबन्ध हटाउन सञ्चार मन्त्रालयले प्राधिकरणलाई पठायो पत्र

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १४:२६, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध औपचारिक रुपमै फुकुवा गरेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्न भन्दै पत्र पठाएको हो। 

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएको जानकारी दिए। 

उनले भने, ‘अस्ति र हिजो (बुधबार र बिहीबार) टिकटकका प्रतिनिधिहरुसँग छलफल भएको थियो। त्यसमा उनीहरु नेपाल सरकारका सबै शर्त मान्न तयार भएपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटक पूर्ण रुपमा खोल्न मन्त्रालयले पत्र पठाएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .