चितवनमा थप एकजना डेंगी संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
ज्वरो आएर उपचारका लागि अस्पताल पुगेका उनको उपचारका क्रममा मृत्यु भएको चिकित्सकले बताएका छन्। शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए। ती बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो।
शरिरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर)को कारण उनको मृत्यु भएको चिकित्सकले बताएका छन्। उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको पनि डेङ्गीको सङ्क्रमणका कारण मृत्यु भएको थियो।
Shares
प्रतिक्रिया