ad ad

समाज


कोसीका मुख्यमन्त्री कार्कीसँग प्रकाशले भने– अहिलेसम्म दुर्गममा बसेँ, पशुपालन नै गर्छु

कोसीका मुख्यमन्त्री कार्कीसँग प्रकाशले भने– अहिलेसम्म दुर्गममा बसेँ, पशुपालन नै गर्छु

नेपालखबर
भदौ १५, २०८१ शनिबार १७:१, काठमाडौँ

तीन दशकभन्दा बढी गोरखाको हिमाली भेग चुमनब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका भोजपुरका प्रकाश तामाङ (काले मोक्तान) ले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीसँग फोनमा कुराकानी गरेका छन्। 

शुक्रबार बेलुकी काठमाडौँ आइपुगगेका प्रकाश शनिबार बिहानै भोजपुुरका लागि गएका छन्। काठमाडौँबाट तुम्लिङटार विमानस्थल हुँदै भोजपुरका लागि जाँदैगर्दा बाटोमा उनले मुख्यमन्त्री कार्कीसँग फोनमा कुराकानी गरेका हुन्। 

भोजपुर घर भएका युवाहरूले अभियान नै चलाएर प्रकाशलाई नागरिकता दिलाउने र बैंक खाता खोल्नका लागि पहल गरिरहेका छन्। 

शनिबार भोजपुर जाँदैगर्दा फोनमा मुख्यमन्त्री कार्कीसँग प्रकाशले आफूलाई पशुपालन गर्न इच्छुक रहेको बताएका छन्। 

मुख्यमन्त्री कार्कीले पनि पशुपालनका लागि प्रदेश सरकारबाट सक्दो सहयोगग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। 

‘प्रकाश जी, मैले सबै हेरिरहेको छु। मेरो घर पनि झापा नै हो। तपाईं झापा आएको सबै हेरेँ। मेरो पनि पहाड घर भोजपुर नै हो। तपाईंलाई केही दुःख भयो जे भयो भइहाल्यो,’ मुख्यमन्त्री कार्कीले टेलिफोनमा प्रकाशलाई भने, ‘अब भोजपुर नै बस्छु भनेको सुनेँ। अब नागरिकता बनाउनू। भोजपुर नै बस्नुहुन्छ भने, पढाइ लेखाइ गर्न भ्याइएन। कृषि पशुपालन केही गर्नुहुन्छ भने कोसी प्रदेश सरकारको तर्फबाट केही सहयोग दिलाइदिन्छु। के हुन्छ?’

जवाफमा प्रकाशले भनेका छन्, ‘म चाहीँ पशुपालन अलिक दुर्गम क्षेत्रमा बसेको हुनाले, पशुपालन गर्छु।’

मुख्यमन्त्री कार्कीले भोजपुरमै बसेर केही गर्नसक्ने व्वस्था गरिने बताए।

‘तपाईं अनुकूलतामा विराटनगर आउनू। मैले विद्या चापागाईंजीलाई पनि भनेको छु। बसेर छलफल गरेर के गर्नुहुन्छ, त्यो काम यहाँबाट सहयोग दिलाइदिउँला। ल?,’ कार्कीले फोनमा भने। 

कुराकानीको अन्तिममा मुख्यमन्त्री कार्कीले प्रकाशलाई ‘मुख्यमन्त्री भनेको पद थाहा छ?,’ भनेर प्रश्न गरे। 

प्रकाशले कहाँ कहाँ सुनेजस्तो लागेको मात्रै बताए। ‘कहाँ कहाँ सुनेको थिएँ मैले,’ मुख्यमन्त्री कार्कीसँग उनले फोनमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .