ad ad

ग्लोबल


जापानमा एक्लोपन गम्भीर समस्या, ४० हजार मानिस मर्दा एक्लै थिए घरमा

जापानमा एक्लोपन गम्भीर समस्या, ४० हजार मानिस मर्दा एक्लै थिए घरमा

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ १५, २०८१ शनिबार १७:१९, काठमाडौँ

जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसले घरमा एक्लै मृत्युवरण गरेका छन्। यो तथ्यांक जापानी प्रहरीको प्रतिवेदनमा दिइएको हो।

राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाका शव मृत्यु भएको एक महिनापछि फेला परेका थिए भने १ सय ३० जनाका शव झण्डै एक वर्षदेखि बेपत्ता थिए।

संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्धको जनसंख्या छ। अनि त्यहाँ एक्लोपन पनि एक गम्भीर समस्या हो।

जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ।

राष्ट्रिय प्रहरी एजेन्सीको तथ्यांकअनुसार घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन्। यीमध्ये ७० प्रतिशत व्यक्ति ६५ वा यसभन्दा माथि उमेरका थिए।

करिब ४० प्रतिशत मानिसका शव एकै दिन फेला परेका छन् भने करिब ३९३९ जनाका शव मृत्यु भएको एक महिनापछि भेटिएका छन्। 

जापानी सार्वजनिक टीभी नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो तथ्यांक सरकारी समूहलाई दिनेछ, जसले बेवारिस मृत्युको अनुसन्धान गरिरहेको छ।

यस वर्षको सुरुमा जापानिज राष्ट्रिय जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो- देशमा ६५  वर्ष र यसभन्दा माथिका नागरिकको संख्या सन् २०५० सम्ममा १ करोड ८ लाखसम्म पुग्नसक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .