ad ad

समाज


प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गरेको आरोपमा पक्राउ

प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट गरेको आरोपमा पक्राउ

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार २१:४९, काठमाडौँ

नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालका–४ घर भइ हाल काठमाडौँ महानगरपालिका–८ कालोपुल बस्ने २५ वर्षीय सुमन तामाङ भन्ने मिङमार तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेका निज तामाङले गएको साउन २२ गते काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौँ डल्लु बस्ने तीर्थ लाल तामाङलाई आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोसाकको प्रहरी निरीक्षक हुँ भन्दै सुनको एक तोलाको सिक्री र नगद रु ६७ हजार लिई फरार भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।’

निजले ठगी गरेको सुनको सिक्री खरिद गर्ने बाग्लुङ काटेखोला गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–९ गोङ्गबुस्थित बाग्लुङ भगवती सुन चाँदी पसल सञ्चालन गरी बस्ने ६३ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरिएको सूचना अधिकारी आचार्यले बताए।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .