ad ad

कारोबार


पर्यटकसँग बढी भाडा लिएपछि... (भिडिओ)

पर्यटकसँग बढी भाडा लिएपछि... (भिडिओ)

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार २२:३१, काठमाडौँ

‘नमस्ते! यु गो टु पाटन दरबार स्क्वायर? यु गो दिअ?’

एक जना विदेशी पर्यटक उपत्यकाभित्र चल्ने बस चढेर ड्राइभरलाई सोध्छन्। 

‘या’ – बसचालकले जवाफ दिँदै अगाडि बस्ने इसारा गर्छन्। 

त्यसपछि ती पर्यटक भाडा कति हो (हाउ मच द प्राइस) भन्छन्। कन्डक्टरलाई देखाउँदै चालकले अंग्रेजीमै भन्छन्– हि विल टेल...

अगाडि बस्दा ‘भ्यु’ राम्रो देखिने भन्दै पर्यटक खुसी हुन्छन्। बस हिँड्छ। १५ मिनेटमा ओर्लिने समय हुन्छ। 

बसबाट ओर्लिएर ती पर्यटकले फेरि सोध्छन्– हाउ मच द प्राइस (भाडा कति हो?) 

कन्डक्टरले दुईचोटि ‘वान हन्ड्रेड! वान हन्ड्रेड!’ भन्छन्। पर्यटकले ५०० रुपैयाँको नोट थमाउँछन्। कन्डक्टरले पैसा फिर्ता दिन्छन् र बस अगाडि बढ्छ।

त्यसपछि ती पर्यटकले फिर्ता पाएको पैसा गन्छन्। कन्डक्टरले सय रुपैयाँ भाडा भनेर २ सय काटी ३ सय रुपैयाँ फिर्ता पाएको थाहा पर्यटकले पाउँछन्। 

त्यसपछि ती पर्यटकले आफू ठगिएको बताएको भिडिओमा देखिन्छ। 

‘दिस वाज अ १५ मिनेट्स अर २० मिनेट्स राइड! आई हेट इट’, ती पर्यटक गुनासो गर्छन्। उनले ती कन्डक्टरले पहिला धेरै भाडा भनेको र फिर्ता दिँदा कम दिएको भन्दै चिन्ता पोख्छन्– नेपाली पिपल बिलिभ इन कर्मा राइट! यू (कन्डक्टर) विल गेट योर कर्मा। 

नजिकैको पसलमा गएर सोधेपछि उनले २५ देखि ३५ रुपैयाँ भाडा लाग्ने ठाउँमा आफू ठगिएको र ६ गुणा बढी भाडा तिर्नुपरेको गुनासो गर्छन्। 
...

यो बिहीबारको घटना हो। ‘वाइल्ड कार्लोस अपियर्ड’ नामक आफ्नो फेसबुक पेजमा ती पर्यटकले भिडिओ पोस्ट गरेपछि अहिले भाइरल भएको छ। 

भिडिओअनुसार भक्तपुरबाट पाटन दरबार स्क्वायर जान खोजेको र सम्भवत: कोटेश्वर झरेको बुझिन्छ। 

योसँगै महानगरीय ट्राफिक प्रहरी प्रभागले उक्त बसलाई कारबाही गरेको छ। 

फेसबुकमै आफ्नो पेजमा बसलाई कारबाही गरेको प्रमाण समेत प्रहरीले खुलाएको छ। 

‘उक्त बा३ख ४०४९ नम्बरको भाडा बसलाई अनुसन्धान एवं कारबाही गरिएको साथै दैनिक रुपमा बढी भाडा लिने त्यस्ता सवारीसाधनहरुलाई अनुगमन गरी कारबाही समेत गर्दै आएको व्यहोरा अनुरोध छ’, ट्राफिक प्रहरी प्रभागले भनेको छ। 

प्रहरीले उक्त बसलाई बढी भाडा लिएको हकमा ५००० रुपैयाँसम्म जरिवाना हुनसक्ने गरी कारबाही गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .