ad ad

समाज


बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ जना घाइते

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १४:३०, काठमाडौँ

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, दाङको तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र बसका सहचालक २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको हो। 

बाँकेको जानकी गाउँपालिका–६ कोडारपुरस्थित नेपालगन्ज सडकखण्डको गनापुर भन्ने ठाउँमा भे १ ख २१२८ नम्बरको बस दुर्घटनामा परेको थियो। 

बस अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

बसका घाइतेमध्ये २० जनालाई भेरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी गराएको छ। ५ जनाको कोहलपुरस्थित मेडिकल कलेजमा र १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .