ad ad

समाज


आँबुखैरेनी बस दुर्घटना: भरतपुर अस्पतालमा सुरु भयो २७ मृतकको शव परीक्षण

पोस्टमार्टमपछि भैरहवा हुँदै शव भारत पठाइने
आँबुखैरेनी बस दुर्घटना: भरतपुर अस्पतालमा सुरु भयो २७ मृतकको शव परीक्षण

नेपालखबर
भदौ ८, २०८१ शनिबार ८:४५, चितवन

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु भएको छ। 

आज बिहानैदेखि भरतपुर अस्पतालमा मृतकको शव परीक्षण सुरु गरिएको हो।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उनले बताए। 

सो दुर्घटनामा १६ जना घाइते भएका थिए। उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो। मृतक र घाइते सबै भारतीय हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .