ad ad

समाज


लोकन्थलीमा सुनको सिक्री लुटपाट गर्ने तीनजना पक्राउ

लोकन्थलीमा सुनको सिक्री लुटपाट गर्ने तीनजना पक्राउ

नेपालखबर
भदौ ५, २०८१ बुधबार १९:४६, काठमाडौँ

भक्तपुरको लोकन्थलीमा महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ९ घर भइ हाल बनेपा बस्ने वर्ष ३८ को खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ भर भइ हाल ललितपुर ग्वार्खो बस्ने वर्ष ३४ को गणेश लामा र काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ६ घर भइ हाल गौशाला बस्ने वर्ष ३१ को रोहित भन्ने सुरेश तामाङ रहेका छन्।

प्रहरीका अनुसार गएको साउन २१ गते बिहान अन्दाजी ११ बजे जडिबुटीस्थित सिद्धार्थ पेट्रोल पम्पदेखि कमल विनायक भक्तपुर जाने क्रममा रामेछापको सुनपाती गाउँपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर थिमी–१ बस्ने वर्ष ५० की कमला गौतमले घाँटीमा लगाएको सुनको १ तोलाको सिक्री लोकन्थलीको बसस्टपमा अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएका थिए।

घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहत अपराध शाखा (पीसीसीबी) ठिमी बाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरुलाई भदौ २ गते भक्तपुरको मध्यपुर थिमी–३ कौशलटारबाट पक्राउ गरेको जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ।

पक्राउ परेका व्यक्तिहरु यसअघि पनि विभिन्न मुद्दामा संलग्न रहेको प्रहरीको दाबी छ।

अनिल कुमार तामाङलाई गत २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलेको पाइएको छ भने गणेश लामालाई २०७५ मंसिर २६ गते, २०७६ पुस ७ गते, २०७९ कात्तिक २१ गते र २०८१ साउन ४ गते प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र व्यवहारमा मुद्दा चलेको पाइएको छ।

यस्तै, सुरेश तामाङलाई २०७८ कात्तिक ७ गते प्रहरी वृत्त बौद्धबाट, २०७८ कात्तिक ३० गते, २०७८ भदौ ८ गते र  २०७९ भदौ २६ गते प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलेको प्रहरीको रेकर्डमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .