विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्।
कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका दुई बालक फरार भएको मोरङका डीएसपी एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले नेपालखबरलाई जानकारी दिए।
दुवै बालक १६ वर्ष उमेरका रहेका उनले जानकारी दिए। उनीहरू मंगलबार दिउँसो ३ बजेतिर तार नाघेर भागेका हुन्।
अदालतले कोसी गाउँपालिकाका बालकलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो।
बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबर्जस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो।
78
Shares

प्रतिक्रिया