ad ad

समाज


फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

फुजी सानको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

नेपालखबर
भदौ ३, २०८१ सोमबार २०:१०, काठमाडौँ

जापानको प्रशिद्ध हिमाल फुजी सानको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज जापानको कार्य समितिको टोलीले जापानको अग्लो हिमाल फुजी सानको सफलतापूर्वक आरोहण सम्पन्न गर्दै राष्ट्रिय झण्डा फहराएको हो।

नेपाली समाज जापानको अध्यक्ष शिशिर निङ्लेकु लिम्बूको नेतृत्वको टोलीले आइतबार आरोहण सम्पन्न गरको हो।

टोलीले नेपालको राष्ट्रिय झण्डाका साथै पार्टीको ब्यानरसमेत टाकुरामा पुर्याएको थियो।

टोलीमा सो समितिका इन्चार्ज सञ्जीव राई, सचिव दीप लिम्बूलगायतको टोली रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .