नेपाल मेडिकल काउन्सिलले प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रहरू प्रमाणीकरणका लागि नयाँ शुल्क तोकेको छ।
काउन्सिलको गत असार २८ गतेको बैठकले सम्बन्धित संस्थामा इमेलमार्फत् विवरण पठाई प्रमाणीकरण गर्न सो शुल्क तोकेको हो।
सो निर्णय अनुसार, प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रहरू प्रमाणीकरणका लागि अब पाँच हजार रुपैयाँ शुल्क लाग्ने भएको मेडिकल काउन्सिलका रजिष्ट्रार सतिस कुमार देवले जानकारी दिए।
प्रमाणपत्र तयार भएपश्चात व्यक्तिले माग गरेको संस्थामा नै पठाउने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ।
यसअघि प्रमाणीकरण शुल्क नेपाली नागरिकका निम्ति एक हजार र विदेशीका निम्ति दुई हजार रुपैयाँ थियो।

45
Shares

प्रतिक्रिया