केही समय अगाडि बीबीसीसँग कुरा गर्दै लामाले भनेका थिए,‘यदी कोही महिला दलाई लामा बन्छिन् भने उनी आकर्षक हुनुपर्छ।’
लामाका कार्यालयले दलाई लामाको उक्त शब्दको लागि माफी मागेको हो। कार्यालयका अनुसार दलाई लामाले ठट्टाको लागि मात्र त्यस्तो भनेका थिए।
कार्यालयको एक वक्तव्यमा भनिएको छ,‘उनले यसका लागि माफी मागेका छन्। उनको अभिव्यक्तिले मानिसको भावनामा ठेस पुगेको छ।’
लामाको महिला आकर्षक हुनुपर्ने अभिव्यक्तिपछि उनको आलोचना भएको थियो। लामा आफैं आध्यात्मिक गुरु हुन्। उनले मनको सुन्दरताको बारेमा प्रवचन दिन्छन्। तर उनी आफैंले आकर्षक महिला भनेपछि मानिसहरु रुष्ट भएका हुन्।
दलाई लामाको कार्यालयको आधिकारिक बयानमा भनिएको छ,‘कहिले काँही यस्ता टिप्पणी सन्दर्भभन्दा अलग हुन्छन्। यसको सांस्कृतिक सन्दर्भ अगल र ठट्टाको सन्दर्भ अलग हुन्छ।’
दलाई लामाले आफ्नो जीवनमा महिलालाई बस्तु मान्ने विचारको विरोध गरेका छन्। बयानमा भनिएको छ,‘लामा महिला र पुरुषलाई समानताको दृष्टिकोणबाट हेर्छन्।’
प्रतिक्रिया