समाज


डेंगी नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो सरसफाइ अभियान

डेंगी नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो सरसफाइ अभियान

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १२:१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ।

स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाइ अभियान सुरु गरेको हो। निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर/कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो।

शुक्रबार बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय सरसफाइमा जुटेका हुन्। 

‘विगतका वर्षहरूलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगीको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले त्यसको संख्या बढ्नसक्ने मन्त्रालयले आंकलन गरेको छ। त्यसलाई न्युनीकरण गर्न हामीले गत हप्तादेखि नै संघीय र हामी मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाइका लागि र विशष गरी पानी जम्मा हुने भाँडा घोप्ट्याउने अभियान सुरु गरेका छौँ,’ उनले भने।

मन्त्रालयबाट सुरु गरिएको अभियान सहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने लक्ष्य मन्त्रालयको छ। 

अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष संख्यात्मक रुपमा डेंगीको संख्या कम देखिएपनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाइ अभियान सुरु गरेको बताए।

उनले डेंगीको नियन्त्रण र न्युनीकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाइ अभियान सुरु गरेको बताए। 

भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि रहेको उनले बताए। 

‘भदौ ६ गते विषयगत समितिको समिति र मान्य मन्त्रीज्युको अध्यक्षतामा ७ प्रदेशकै स्वास्थ्यमन्त्रीहरूसँगको बैठक हुँदैछ। त्यसबाट पनि निर्णय गरी सातै प्रदेशमा अभियान सञ्चालन गर्नेछौँ। हिजोमात्रै उपत्यकाभित्रका महानगर,उपमहानगर र नगरपालिकाहरुसँग छलफल गरी सहकार्य गर्ने निर्णय गरी अघि बढेका छौँ,’ उनले भने, ‘अब हामी विस्तारै हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाए डेंगीमात्र नभइ अन्य रोगहरु पनि रोक्न सकिने भएकाले शुक्रवारको दिनलाई सरसफाइ गरिदिन आग्रह गरेका छौँ।’

हरेक नेपालीलाई आफ्नो स्वास्थ्यप्रति सचेत भइदिन हरेक शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाउन उनको आग्रह थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad