ad ad

समाज


भैरहवा भन्सारमा कार्यरत प्रहरी सहायक हवल्दार खड्का घुससहित पक्राउ

भैरहवा भन्सारमा कार्यरत प्रहरी सहायक हवल्दार खड्का घुससहित पक्राउ

नेपालखबर
साउन ३१, २०८१ बिहिबार २०:९, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी भुजुवा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्कालाई घुस रकमसहित पक्राउ गरेको छ।

भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको अख्तियारको आरोप छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा रुपन्देहीको रोहिणी गाउँपालिका–३ सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .