समाज


रौतहटमा धारिलो हतियार प्रहार गरेर ७४ वर्षका वृद्धको हत्या, धान खेतमा भेटियो शव

रौतहटमा धारिलो हतियार प्रहार गरेर ७४ वर्षका वृद्धको हत्या, धान खेतमा भेटियो शव

नेपालखबर
साउन ३०, २०८१ बुधबार ११:०, काठमाडौँ

रौतहटमा धारिलो हतियार प्रहारबाट एक वृद्धको हत्या भएको छ। 

गौर नगरपालिका–५ घर भएका ७४ वर्षीय अनिरुद्ध महतो (कोइरी) को हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

महतोको शव बुधबार बिहान घर नजिकैको धान खेतमा फेला परेको डीएसपी एलिजा गिरीले जानकारी दिइन्। 

‘उहाँ धानखेतमै रहेको घरमा एक्लै बस्नु हुने रहेछ,’ गिरीले नेपालखबरसँग भनिन्, ‘घरदेखि झण्डै तीन सयमिटर पर धानखेतमा आज बिहान विभत्स अवस्थामा शव फेला परेको हो। हत्या ७/८ घण्टा अघि नै भएको जस्तो देखिन्छ।’ 

महतोको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका गहिरो चोट छन्। उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ। 

‘हत्या कसले र किन गर्‍याे खुलेको छैन। उहाँ छोरा-बुहारीसँग नबसी खेतबारी रुँघेर एक्लै बस्नुहुँदो रहेछ। हत्यामा  संलग्न भएको आशंकामा  अहिलेसम्म कसैलाई पक्राउ गरिएको पनि छैन,’ गिरीले भनिन्, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad