बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाउने भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ घर भई काठमाडौंको बानेश्वर बस्ने वर्ष २७ की दिपा चन्द रहेकी छन्।
उनले पीडितबाट ५ लाख ३५ हजार रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
उनलाई साउन २७ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
318
Shares

प्रतिक्रिया