ad ad

समाज


सुमेरू सहकारीका सेयर सदस्य सिंहसँग संसदीय विशेष समितिले लियो बयान

सुमेरू सहकारीका सेयर सदस्य सिंहसँग संसदीय विशेष समितिले लियो बयान

नेपालखबर
साउन २८, २०८१ सोमबार १६:४, काठमाडौँ

सुमेरू बचत तथा ऋण सहकारी संस्था, पुल्चोकका सेयर सदस्य राजबहादुर सिंहसँग संसदीय छानबिन विशेष समितिले बयान लिएको छ। 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको ३६ औँ समिति बैठकमा सोमबार सिंहसँग सोधपुछ गरिएको सभापति सूर्य थापाले जानकारी दिए। 

‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये आज सुमेरू वचत तथा ऋण सहकारी संस्था लि. पुल्चोकका सेयरसदस्य राजबहादुर सिंहसँग समितिको बैठकमा सोधपुछ गरिएको छ,’ उनले भने।

थापाका अनुसार, आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः संचालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी सिंहले समितिको बैठकलाई गराएका छन्।

यसअघि तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई नख्खु कारागारबाट झिकाएर समितिले बयान लिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .