आज (शुक्रबार) बिहान सिक्किममा भूकम्प गएको छ। जसको धक्का नेपालसम्म आइपुगेको छ।
भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय बिहान ६ बजेर ५७ मिनेट जाँदा सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा महसुस भएको थियो।
यसैबीच नेपालको पूर्वी क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्।
3.7k
Shares
प्रतिक्रिया